Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन

    एमाले अध्यक्ष ओलीले भने – कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1K
    SHARES

    भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।

    भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग उनले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको स्पष्ट पारेका हुन् ।



    कांग्रेससँग मैले प्रस्ताव नगरेको र कांग्रेसले पनि आफुलाई प्रस्ताव नगरेको उनले बताए ।



    पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय पनि आफूलाई जानकारी नभएको उनले बताए ।

    ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं (पत्रकार) मार्फत जानकारी पाइरहेका छौँ,’ अध्यक्ष ओलीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार