Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माल्टा पठाईदिन्छु भन्दै छ लाख ठगी गर्ने युवराज लिम्बु पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थाई घर भई हाल काठमाडौं धापासीको बस्ने युवराज लिम्बु रहेका छन् ।

लिम्बुले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै भुवन भट्टराईसंग छ लाख ३० हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए ।

लिम्बुले माल्टा पुगेपछि पानीजहाज कम्पनीमा काम लगाई दिने र मासिक १ लाख कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लिम्बुले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई आज कालोपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077