Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध, बजेट संशोधन नभए सदन चल्न नदिने अडान

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदहरुले असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै नाराबाजी गरेका हुन्।

बैठकमा बजेटको विषयमा आपत्ती जनाउँदै चर्को नाराबाजी गरेपछि बैठक सोमवार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तिले बैठक सुरू गरेपछि अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका थिए।

मन्त्री मास्कीले उक्त प्रस्ताव पेश गर्दै गर्दा सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए। एमाले सांसदहरूले प्रदेश सरकारले एकलौटी रूपमा बजेट ल्याएकोले उक्त बजेट संशोधन गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077