Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथिको छलफल हुनेमा आशंका कायमै

दाङ । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ ।

बजेटबारे असहमति राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले गरेको विरोधका कारण आइतबार अवरुद्ध भएको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आइतबारको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरेका थिए ।

मन्त्री मास्कीले उक्त प्रस्ताव पेश गर्दै गर्दा सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए। एमाले सांसदहरूले प्रदेश सरकारले एकलौटी रूपमा बजेट ल्याएकोले उक्त बजेट संशोधन गर्न माग गरेको छ।

एमालेले असन्तोष जारी गरेको तथा सत्ता पक्षीय सांसद समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझै आशंका कायमै छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077