Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट सच्याउने सरकारको प्रतिवद्धतासँगै बागमती प्रदेशसभामा एमालेले अवरोध नगर्ने

काठमाडौं । सरकारले बजेटलाई संशोधन गर्ने प्रतिवद्धता जनाएपछि बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरुको अवरोध हटेको छ ।

विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो ।

आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले र राप्रपाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।

बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा, माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी थिए ।

बैठकमा एमालेले आफ्नो बजेटबारे योजना लिखित रूपमा सरकारलाई प्रस्तुत गर्ने र सरकारले त्यसलाई बजेटमा समावेश गर्ने सहमति भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077