Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीको टिप्पणी – मलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ

    ओलीको टिप्पणी – मलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

    सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले ‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको बताए ।



    उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको ओलीको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार