Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा तत्काल ‘भूमि बैंक’ स्थापना गर्नुपर्छ, ढिलाइ गर्नु हुन्न : अध्यक्ष ओली

    नेपालमा तत्काल ‘भूमि बैंक’ स्थापना गर्नुपर्छ, ढिलाइ गर्नु हुन्न : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 609
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नु पर्ने बताएका छन् ।

    मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको बताए । तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको उनको भनाई छ ।



    उनले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार