Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगनप्रति बालेनको कटाक्ष - काठमाडौंका विद्यालयमा कांग्रेसको भातृ संगठन नभएको घोषणा गर्दछौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले सांसदसमेत रहेका थापाप्रति कटाक्ष गर्दै यस्तो चुनौती दिएका हुन् । थापाले सोमबार एक कार्यक्रममा शिक्षण संस्थामा राजनीतिक दलको झोला बोकेर जान पाइँदैन भनेका थिए ।

सोही भनाईलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'बोलेको कुरा, पूरा गर्नुहोला मननियज्यू।’ साथै उनले नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि काठमाडौं महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गरे ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि काठमाडौं महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077