Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनरेटरमा आगलागी भएपछि स्थगित प्रदेशसभा बैठक पुनः सुचारु

बुटवल । जेनरेटरमा आगलागी भएपछि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक पुनः सुचारु भएको छ ।

१० मिनेटका लागि स्थगित गरिएको बैठक विद्युत् आपूर्तिमा गडबडी भएपछि करिब दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

प्रदेशसभा बैठकको सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनरेटरमा आगलागी भएको थियो ।

पुनः सुरु भएको बैठकमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077