Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिप्टोकरेन्सी कारोबार गर्न आफ्नो नागरिकता प्रयोग गरेको भन्दै दिनेशविरुद्ध दुई जनाले दिए उजुरी

काठमाडौं । बेटिङ अनलाइन साइट वान् एक्स बेटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खडकाविरुद्ध दुई जनाले उजुरी दिएका छन् ।

वान् एक्स बेटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबार गर्न रकम संकलनका लागि अनाधिकृत रुपमा आफ्नो नागरिकता प्रयोग प्रयोग गरेको भन्दै उजुरी परेको हो ।

खडकाले बिभिन्न व्यक्तिहरुको नागरिकता प्रयोग गरी उनीहरुको मञ्जुरी बिना ४२ वटा खाता खोलेको प्रहरी अनुसन्धाबाट खुलेको छ । खड्काले अन्य ब्यक्तीका खाता प्रयोग गरी अनाधिकृत रुपमा ३१ करोड ३२ लाख ६४ हजार २५२ रुपैयाँ बराबरको कारोबार देखिएको छ।

खड्काको खाताबाट ३१करोड ५ लाख ९१ हजार २२६ अन्य खाताहरुमा कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यस सम्बन्धमा दुई जना पीडितहरूको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम को कसुर गरेको विरुद्ध किटानी जाहेरी दरखास्त प्राप्त भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उक्त सक्कल जाहेरी दरखास्त लगायतका अन्य कागजातहरू आवश्यक कारबाहीको लागि मङ्गलवार जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

खडकालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ अनलाइन साइट वान् एक्स बेटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा जेठ ३० गते पक्राउ गरी ३१ गते सार्वजनिक गरेको थियो ।

[insert page='226532' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077