Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकाउ पठाईदिन्छु भन्दै छ लाख ठगी, दुर्गा रेग्मी पक्राउ

काठमाडौं । मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने दुर्गाबहादुर रेग्मीलाई पक्राउ गरेको हो ।

रेग्मीले वैदेशिक रोजगारीको लागि मकाउ पठाई दिने भन्दै जित बहादुर थामा मगरसंग छ लाख ६० हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए ।

रेग्मीले मकाउ पुगेपछि प्रतिष्ठित होटलमा क्लिनरको काम लगाई दिने र मासिक १ लाख भन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रेग्मीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रेग्मीलाई आज पक्राउ गरेको हो । पक्राउ परेका रेग्मीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077