Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नाउपाकी महिला विभाग प्रमुख एलिजाले लिइन् राजनीतिबाट सन्न्यास

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट सन्न्यास लिएकी छिन्।

गौतमले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन्। गत माघ १४ गते नाउपामा प्रवेश गरेकी एलिजाले आगामी दिन समाजसेवामा नै सक्रिय हुने भन्दै ५ महिनामै राजनीतिबाट बिदा भएकी हुन् ।

हाल धरान पुगेकी एलिजाले लेखेकी छिन्, 'यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।'

सक्रिय राजनीतिबाट बिदा लिएको घोषणासँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको कामको प्रशंसा समेत गरेकी छिन् ।

केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077