Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध रूपमा अमेरिकन डलरको कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रूपमा अमेरिकी डलरको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने वर्ष ३४ का सनमोहन श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ लाई अवैध अमेरिकी डलरको कारोबार गरेको आरोपमा प्रहरीले ललितपुरको वहुवहालबाट नियन्त्रणमा लिएको हो ।

श्रेष्ठको साथबाट १०० दरको अमेरिकन डलर १९८ थानको बरामद गरिएको छ ।

श्रेष्ठलाई विदेशी विनिमय सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुलचोक पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077