Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सार्वजनिक सवारी साधनमा यात्रुको रकम चोरी गर्ने प्रहरी फन्दामा

काठमाडौं । सार्वजनिक सवारी साधानमा यात्रुको रकम चोरी गर्ने चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३१ वर्षीय सञ्जित तामाङ,३३ वर्षीय आइतमान तामाङ,२१ वर्षीय सिवना तामाङ र ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन् ।

असार १९ गते ललितपुर महानगरपालिका-१९ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर नेपाली रुपैयाँ ९ लाख २३ हजार १५७ चोरी कार्यमा संलग्न सञ्जिव, आइतमान र सविनालाई २ लाख नगद र मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो।

चोरीको डलर सटही गरिदिने मंगल लक्ष्मी श्रेष्ठलाई ललितपुरको वकुबहालस्थित मनी एक्सचेन्जबाट अमेरिकी डलर २ हजार ८०० सहित पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसूरमा थप आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077