Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डविरुद्ध अनेरास्ववियुको प्रदर्शन

    प्रधानमन्त्री प्रचण्डविरुद्ध अनेरास्ववियुको प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 651
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’विरुद्ध काठमाडौंमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले गएको सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति आपत्तिजनक भएको र त्यसले नेपालीको सम्मानमा आँच आएको भन्दै प्रदर्शन गरेका हुन् ।



    उनीहरुले ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रको बेइजत गर्न पाइँदैन’, ‘भारतको गेरूवस्त्र धारी प्रधानमन्त्री चाहिँदैन’, ‘नेपालको सार्वभौमिकतामाथि धावा बोल्न पाइदैन’, ‘कठपुतली सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।



    सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले  प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार