Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोजगारीका लागि दुवई पठाईदिन्छु भन्दै ठगी गर्ने बिरु पक्राउ

काठमाडौं। रोजगारीका लागि दुवई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका-४ ठेलीया घर भई हाल भक्तपुरको लोकन्थली बस्ने बिरु पौडेल रहेका छन् ।

पौडेलले वैदेशिक रोजगारीको लागि दुवई पठाई दिने भन्दै विजय चौलागाईलाई ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

पौडेलले दुवई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पौडेल ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पौडेललाई आज लोकन्थलीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077