Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती तीन दिन मनाइने

    आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती तीन दिन मनाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 660
    SHARES

    काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ ।

    आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।



    उक्त अवसरमा नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने बताईएको छ ।



    संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् ।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

    ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार