Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • साउन १ देखि आयातकर्ता र वितरकले सामानमा ‘लेबल’ अनिवार्य लगाउनुपर्ने

    साउन १ देखि आयातकर्ता र वितरकले सामानमा ‘लेबल’ अनिवार्य लगाउनुपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आगामी साउन १ गतेदेखि उपभोक्तासम्म पुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकले ‘लेबल’ अनिवार्य राख्नुपर्ने भएको छ ।

    आर्थिक ऐन २०८० ले गरेको प्रावधानलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय, भन्सार विभागले सबै पैठारीकर्ता र बजार वितरकलाई ‘लेबल’ राख्न सूचित गरेको हो ।



    आर्थिक ऐनअनुसार साउनदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको ‘लेबल’ लगाउनुपर्नेछ ।



    साउन १ गतेदेखि ‘लेबल’ नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा कारबाही हुने विभागले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार