Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गठबन्धनलाई ठीकठाक मात्र लागेर भएन, हामीलाई पनि लाग्नुपर्‍यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको काम कारबाहीमा आफू सन्तुष्ट नरहेको बताएका छन्।

‘दृश्यमा खप्तड’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विकास र सुशासनमा चुकिरहेको बताए।

महामन्त्री थापाले भने,'सत्ता पक्षकै धेरै सांसदहरूमा आक्रोश छ। डेलिभरीको सबालमा जसरी सरकारले काम गर्नपर्थ्यो। जटिल अर्थतन्त्रका बेला नागरिकले अनुभूति हुने काम भइरहेका छैनन्। नागरिकले अनुभूत गर्न नपाए त्यो छटपटी हामीलाई पनि हुन्छ। हामीलाई त्यतिबेला ठीकठाक लाग्छ जतिबेला नागरिकलाई ठीकठाक लाग्छ। हामीले प्रतिनिधित्व गर्ने जनताहरू ठीक मानिरहेका छैनन्। पलपलमा काम र कामसँगै परिणाम आओस् भन्ने हाम्रो चाहना छ। डेभलमेन्ट र गर्भनेन्सको काममा हामीलाई चित्त बुझिरहेको छैन।'

उनले प्रधानमन्त्री दाहालले 'कम्फर्ट मेजोरिटी'को धाक लगाउन नहुने बताए। बालुवाटारमा हुने सत्ता गठबन्धनको बैठकमा सबै ठीकठाक भनेर नटार्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077