Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्स पठाईदिन्छु भन्दै ६ लाख ठगी, बानेश्वरबाट प्रतापले पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाँउपालिका-६ स्थाई घर भई हाल काठमाडौं बस्ने प्रताप सिंह लोवा रहेका छन् ।

प्रतापले वैदेशिक रोजगारीको लागि फ्रान्स पठाई दिने भन्दै नुर लाक्पा शेर्पासहित तीन जनासंग छ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

प्रतापले फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक २ लाख सम्म कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतापले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतापलाई आज बानेश्वरबाट गरेको हो ।

पक्राउ परेका प्रतापलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077