Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जग्गा पास गराइदिन्छु भन्दै २ करोड ठगेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नो हक भोग नलाग्ने जग्गा पास गराई दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्‍ने ५२ वर्षीय प्रफुल्ल भन्‍ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका-२९ नै बस्‍ने अर्का २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।

उनीहरुलाई काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले छायाँ कम्प्लेसबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले दिपेश रत्न शाक्य बुद्धाचार्यलाई अर्काको नाममा दर्ता श्रेष्ता कायम रहेको विभिन्‍न स्थानका जग्गाहरु कानुन विपरीत हक नपुग्‍ने भन्दै व्‍यक्तिको नाममा भएको छुट जग्गा दर्ता गरी कानुन विपरीतका कागजातहरु बनाई पटक-पटक गरी २ करोड ८८ लाख रुपैयाँ लिई सम्पकर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077