Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभापति लामिछानेले भने - रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भ्रष्टाचार अन्त्य गर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुहरुले अहिले भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेको बताएका छन्।

तारकेश्वर नगरपालिका आज आयोजित भेलामा बोल्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने बताएका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे।

सभापति लामिछानेले भने,'रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ। नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।'

जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने लामिछानेले बताए। विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077