Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद झगडा गर्ने थलो बन्न हुँदैन, विवाद समाधान हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताएका छन् ।

उनले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने बताएका हुन् ।

उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निर्वाह गरिरहेको बताए ।

प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गरी संसद सुचारु गर्न आफूले आग्रह गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077