Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफूहरुका कारणले मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको होइन : रवि लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुका कारण मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने बताएका छन् ।

पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । २० असारमा प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो ।

उक्त दिन यही विषयमा संसद अवरोध भएपछि मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । त्यही कारण हाल उक्त अध्यादेश निष्क्रिय भएको छ ।

तर रास्वपा अध्यक्ष लामिछानेले आफूहरुका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद सञ्चालन हुने आशा गरे पनि त्यस दिन सभामुखको भूमिका उचित नभएको उनले बताए ।

सरकारले नै अन्तिम दिनमात्र विधेयक ल्याएकाले मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक रोकिएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077