Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेले आज पनि दुवै सदनको अवरोध जारी राख्ने

    एमालेले आज पनि दुवै सदनको अवरोध जारी राख्ने

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 564
    SHARES

    काठमाडौं । नेकपा एमालेले आज बस्न लागेको संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर राजीनामा माग्दै एमालेले गत बुधवारबाट संसद् अवरोध गदै आएको छ। एमालेका एक नेताका अनुसार एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने तयारी छ।



    प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए ।



    सोही अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध र राजीनामा माग गर्दै आएको छ।

    शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक बस्दै नबसी आइतबार १ बजे बस्नेगरी स्थगित गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार