Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालिका जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद सजाय

    बालिका जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 684
    SHARES

    फाइल तस्विर

    तनहुँ । जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई जिल्ला अदालत तनहुँले १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ ।

    जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विक विरुद्ध उक्त फैसला सुनाएको हो ।



    यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतले जनाएको छ ।



    अदालतले कुँवरलाई छ लाख जरिवाना र १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ। अभियुक्तले १४ वर्षीया बालिकालाई २०७७ मंसिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार