Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन शाह र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार लन्च मिटिङ भएको हो ।

सो क्रममा देश र जनताका मुद्दाहरुमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक सञ्जालफर्मात जानकारी दिए ।

‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो’, श्रेष्ठले भनेका छन्, ‘उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो ।’

श्रेष्ठ र शाहबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको पनि बताइएको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077