Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैकको कर्मचारी हुँ भन्दै ११ लाख ठगी गर्ने मिया पक्राउ

काठमाडौं । बैकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न मोरङको धनपालथान गाँउपालिका-१ का महमद मोजाहीद मियालाई पक्राउ गरेको हो ।

मियाले अनलाईन मार्फत बिभिन्न बैकको आधिकारीक कर्मचारी हुँ भनी बैक खातासंग वालेट आईडीसंग जोडीदीने भन्दै ठगी गरेका थिए ।

मियाले सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न बैंक खातामा ११ लाख १२ हजार ८४० रुपैयाँ ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मियालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077