Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठाउँ छाडौं सीमा मिचिने, नछाडौं पीडैपीडा

चितवन । अमरबहादुर रानामगर माडी नगरपालिका १ स्थित वाल्मीकि आश्रमसँग जोडिएको सुकुम्बासी बस्तीमा २०३६ सालभन्दा अघिदेखि नै बस्दै आएका छन्।

तनहुँबाट बुवासँग झरेका रानामगरले आफ्नो सक्रिय जीवन यही बस्तीमा बिताए। आजभोलि उनलाई आफू हुर्केको ठाउँ छोड्न मन लागिरहेको छ। यस्तो हुनुको कारण हो कष्टकर दैनिकी।

‘खेतीपाती गर्न पाइँदैन। आम्दानी छैन। खानेपानी, बिजुली छैन। बर्खामा बाहिर जान बाढीले सकिँदैन,’ पुजाका सामग्री बेच्न बसेका रानामगरले भने, ‘जंगलमा बस्नभन्दा अन्यत्र सारे जान हुन्थ्यो।’ उनीहरूले आश्रम आउनेलाई ध्वजा, अबिर, प्रसाद बेचेर गुजारा चलाइरहेका छन्। कति भारतमा मजदुरी गर्न जान्छन्। उनी पनि भारतको गुजरात र दिल्लीमा लामो समय बसेर फर्किएका हुन्। उनका दुई छोराहरू पनि कमाउन भारत गएका छन्।

उनी मात्र होइन, अर्को विकल्प भए त्यहाँबाट हट्ने पक्षमा सिंगो बस्ती नै छ। ‘यहाँ शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, सडक लगायत केही सुविधा छैन। यहाँ खान पनि समस्या छ,’ राजन रानामगरले भने, ‘जंगलमा बस्नुभन्दा सरकारले स्थानान्तरण गरिदिए जान तयार छौं।’

विकासका पूर्वाधार नहुँदा यहाँबाट मानिसहरू विस्तारै हट्दै गएका छन्। वाल्मीकि आश्रम वरपर २०३६ सालसम्म ७५ घर रहेको बताइन्छ। अहिले ११ घरधुरी मात्रै छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077