Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गर्ने तयारी

    राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 663
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । हिजो स्थगित भएको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजे बस्न लागेको हो ।

    सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ ।



    त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।



    त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार