Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी महासचिव देव गुरुङले भने - नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले देशको परराष्ट्र नीति कमजोर बन्दै गएको बताएका छन् ।

भक्तपुरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।

महासचिव गुरुङले राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक रहेको बताए। परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेकाले राष्ट्रिय सहमतिले सरकार बन्नुपर्ने उनको तर्क छ ।

नेताहरू राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। महासचिव गुरुङले पछिल्लो समय पञ्चशीलको सिद्धान्त कमजोर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

साथै असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधर बन्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले त्यसमा आपत्ति जनाएका थिए ।

उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताए ।

उनले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको भन्दै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077