Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

न्यायाधीश नियुक्ति प्रक्रिया चाँडै अघि बढाइनेछ : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताए । “विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ”, उनले भने, “न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउने छु ।”

मन्त्री गुरुङले नेपालको संविधान जारी भएपछि सङ्घीयता कार्यान्वयनका लागि कानुनको अध्ययन, पहिचान र अध्ययन गरिरहेको सदनलाई जानकारी दिँदै केही नेपाल ऐन संशोधनमार्फत दुई सयभन्दा बढी कानुन निर्माण गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077