Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी युवकको हत्या, अनुसन्धानमा खटियो प्रहरी टोली

रौतहट । रौतहटमा धारिलो हतियार प्रहार गर एक पुरुषको हत्या भएको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि लगिएको प्रहरीले जनाएको छ । बाँकी कुरा अनुसन्धानपछि खुल्ने रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077