Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीलाई रविले भने - भ्रष्टाचारको फाइल सत्ता टिकाउने भाँडो मात्रै नबनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो पार्टीको साथ रहेको बताएका छन्।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ । त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो । चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’

सरकारलाई भ्रष्टाचारविरूद्वको प्रकरणमा कारबाहीका लागि सहयोग चाहिए भन्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077