Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन शाहको कविता - हामी मनुष्यलाई एकदिन मर्नुपर्छ, कसैलाई याद हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कविता लेखेका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमा कविता लेखेका हुन् ।

मेयर शाह कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन् सामाजिक सञ्जालका कारण ।

सामाजिक सञ्जालकै कारण अहिले उनी सर्वोच्चमा मुद्दा खेपिरहेका छन् । तर उनले शनिबार भने कविता लेखेका छन् ।

यस्तो छ उनको कविता –

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,

कसैलाई याद हुँदैन,

दैनिक याद हुनु राम्रो कुरा पनि हैन।

तर बिर्सिनु पनि त सही छैन ।।

एक दिन यो पाऊले धर्ती टेक्दैन,

एक दिन यो शरिरले हुरी छेक्दैन ,

एक दिन यो आखाले संसार देख्दैन ,

एक दिन हातले मनको कुरा लेख्दैन ,

ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,

एक दिन ,

हामी जती बिकाऊ भए पनि,

आत्माले आफु बेच्दैन ।।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077