Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश, ललिता निवासमा पनि 'कनेक्सन'

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २८ गते पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरूद्ध पनि मुद्दा दायर भएपनि फरार रहँदै आएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ललिता निवास प्रकरणमा तुलाधरले बिचौलियाको भूमिका खेलेका थिए।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा छुटे पनि ललिता निवास प्रकरणमा संलग्नता देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो पठाइन लागिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077