Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनको जवाफी कारबाही सफल नभएको पुटिनको दाबी

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दाबी गरेका छन् ।

युक्रेनले पश्चिमा हतियारको भण्डार र आफ्नो आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाई सुरु गरेको थियो।

पुटिनले आइतबार प्रसारण भएको एक टेलिभिजन अन्तर्वार्तामा भने ‘सबै शत्रुले हाम्रो प्रतिरक्षालाई तोड्ने प्रयास गर्छन्। आक्रमण सुरु भएदेखि नै उनीहरू सफल भएका छैनन्। शत्रु सफल हुँदैन ।'

यूक्रेनले शुक्रवार रूसी सेनासँगको लडाईं कठिन अवस्थामा रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077