Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रेमीको कुरा काटेको निहुँमा युवतीहरूबीच कुटाकुट, एक जना पक्राउ

विराटनगर । सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका(१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

सुनसरी प्रहरीका अनुसार आफ्नो प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेका हुन् ।

पाँच जनाको समूहले तीन जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका-९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ । कोशी किनारमा शुक्रबार कृतिसहित ५ जनाको टोलीले अन्य तीन जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेको थियो ।

कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । कुटपिटको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाई खानेहरु चिनजानकै व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077