Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१८ वर्षीया किशोरीमाथि ललाइफकाई जबरजस्ती करणी, नेपाली पक्राउ

दाङ । दाङमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई आइतबार राति पक्राउ गरिएको हो ।

थुनामा राखेर उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077