Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

    बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 678
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा मन्त्रीपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।

    प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न कार्यक्रममा सक्रिय हुने भएका छन् ।



    दाहाल आज बिहान अखिल क्रान्तिकारीको संयोजनमा किर्तिपुरमा आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुनेछन् ।



    त्यसपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न उनी आजै गोरखा जाने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार