Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कांग्रेस केन्द्रिय सदस्य सीतादेवी देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेकी छिन् ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएको भन्दै श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेकी हुन् ।

उनले पार्टीलाई कमजोर बनाउने छुट कसैलाई नभएको उल्लेख गर्दै विदेशमा रहेकाहरुलाई स्वदेशमै फर्काउने पार्टीको कार्यक्रममा विषयमा पनि महामन्त्रीहरुलाई प्रश्न गरिन् ।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि कांग्रेसमा वरिष्ठ नेता पद रिक्त छ । यद्यपि सो पदमा सभापतिमा पराजित भएका नेता डा. शेखर कोइरालाको चर्चा पनि छ । पार्टी सभापति शेरबहादुर देउवाले भने निर्णय दिइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077