Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

उच्च अदालत पाटनको आदेश - भद्रकुमारी घले सदन नभत्काउनू

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो । सरकारी जमिन ओगटेर संरचना बनाएको भन्दै बुधबार संरचना भत्काउन डोजर समेत लिएर पुगेको महानगरपालिकाको टोली उच्च अदालतको आदेशपछि काम ‘पूरा’ नगरी फर्किएको छ ।

अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

महानगरपालिकाको टोलीले बुधबार बिहानैदेखि भद्रकुमारी घले सदनको भवन लगायत संरचना भत्काउन सुरु गरेको थियो। भवन लगायत संरचना भत्काउन डोजर समेत परिचालन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077