Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

असोजदेखि सूर्यविनायक–रत्नपार्क 'द्रुत बस' सेवा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा आगामी असोजदेखि सार्वजनिक 'द्रुत बस' सेवा सञ्चालन गर्ने भएको छ।

राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएको भन्दै मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिलो चरणमा द्रुत बस सेवा अत्याधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गर्ने बताए ।

त्यसका लागि मन्त्रालयले ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन प्रयोग हुनेछ भने बसको रङ समेत फरक हुने मन्त्रालयले जनाएको छ।

मन्त्री ज्वालाले द्रुत बस सञ्चालनका लागि आवश्यक लेन बनाउन सडक विभागलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077