Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस

    सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

    विमानस्थलबाट जाँच पास भएको करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गर्न उनीहरूलाई निलम्बन सिफारिस गरिएको हो ।



    विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।



    भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गर्न अर्थ मन्त्रालयसमक्ष सिफारिस गरिएको विभागले जनाएको छ ।

    ब्रेक शुभित्र सुन आउँदा जाँच गर्ने फाराममा हस्ताक्षर गर्ने, भारम भर्ने र सामान आएको घोषणा गर्ने भन्सार एजेन्टलाई निलम्बन गर्न सिफारिस गरिएको हो । अधिकृतलाई सचिव स्तरको निर्णयबाट मात्रै निलम्बन गर्नुपर्ने हुन्छ ।

    निलम्बनमा पर्ने कर्मचारीलाई भन्सार विभागले बिहीवार बिहानै जानकारी दिएको थियो । भन्सार विभागले कर्मचारीको संलग्नता र आवश्यक कारवाहीको सिफारिसका लागि बिहीवारै एक छानबिन समितिसमेत गठन गरेको छ ।

    विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले ५ दिनदेखि बढीमा ७ दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ ।

    बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार