Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इन्स्पेक्टर चौलागाईं र जवान राई कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

    इन्स्पेक्टर चौलागाईं र जवान राई कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.9K
    SHARES

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं र जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

    विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष क्षमता देखाएकाले प्रहरी निरीक्षक चौलागाईं सर्वोत्कृष्ट अधिकृत घोषित भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनसार उनीहरुले असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएका छन् ।



    इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले असार ६ गते जिल्ला सुनसरी दुहवी नगरपालिका-५ स्थितमा विशेष सूचनाको आधारमा भारतीय नागरिकहरु दिपेश यादव र अभिषेक यादवलाई ९ के.जी. गाँजा सहित पक्राउ गरेका थिए ।



    यस्तै प्रहरी हिरासतमा मानव मस्तिष्क सहितको पुस्तकालयको स्थापना गर्नुका साथै विभिन्न मितिमा भन्सार छलि ल्याएको अवैध सामानहरु भन्सार कार्यालयमा बुझाएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

    यस्तै प्रहरी चौकी हरमटार, खोटाङमा कार्यरत प्रहरी जवान आयुष राईले असार ४ गते जिल्लाको रावा बेसी गाउँपालिका वडा नं. ४ स्थित रावा खोलामा आएको बर्षातको बाढीमा रावा खोलाको वीचमा फसेका २ जना वर्ष २७ को युवराज रोक्का र बर्ष १६ को मदन मगरलाई आफ्नो ज्यानसमेत जोखिममा राखी उद्दार गरेका थिए ।

    यस्तै उनले विभिन्न समयमा वाढी पहिरोको कारण रोकिएका सवारी साधनहरुलाई स्थानीय निकायहरुसँग सहकार्य गरी सवारी साधन खुलाएको पनि कोशी प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक चौलागाई र प्रहरी जवान आयुष राईले आम नागरिकमा प्रहरीको छवि उच्च राख्दै त्रुटी रहित तवरबाट कर्तव्यपथमा तल्लीन रही आफुलाई दिईएको जिम्मेवारी तथा दायित्व उच्च मनोवलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार