Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीबाट बाघको छालासहित दुईजना पक्राउ

    कैलालीबाट बाघको छालासहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 645
    SHARES

    कैलाली । कैलालीमा संरक्षित वन्यजन्तु बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको सादा पोसाकको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका–२ रिङरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्क बहादुर बिष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिए ।



    प्रहरीले उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद गरेको छ । पक्राउ परेका दुई जनामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार