Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसदीय दलको नेता बदल्न लागेकै छु, नसके चुप लागेर स्विकार्छु : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले संसदीय दलको चुनाव लड्न आफूलाई पार्टी विधानले नरोक्ने बताएका हुन्।

महामन्त्री थापाले भने,'मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु ।'

महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए । संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरे ।

सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए ।

उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077