Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस बैठकमा महामन्त्री थापाको प्रस्ताव - २०८२ सालभित्रै महाधिवेशन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गरिसक्र्न प्रस्ताव गरेका छन् ।

उनले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने भन्दै ०८२ सालमा जसरी पनि महाधिवेशन गर्न यस्तो प्रस्ताव राखेका हुन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले भने, ‘०८२ सालभित्र जसरी पनि महाधिवेशन भइसक्नुपर्छ।’

महामन्त्री थापाले विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए। विधानअनुसार ४ वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने भएपनि यसअघि २०७८ मा कांग्रेसले करिब ६ वर्षमा महाधिवेशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077