Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको छ : शेखर काेइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका छन् ।

बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए पार्टीको औचित्य समाप्त हुने बताए ।

नेता कोइरालाले भने, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हेर्‍यो, जसरी हेर्‍यो, जहाँ हेर्‍यो त्यहीं भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसाबले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काग्रेसको औचित्य समाप्त हुन्छ ।'

उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त बताए । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको दाबी गरे ।

फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उल्लेख गर्दै उनले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077