Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा अर्थमन्त्री मास्कीलाई

रुपन्देही । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देश बाहिर जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई दिएका हुन् ।

उनी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार भारत जाँदै छन् ।

सभामुख तुलाराम घर्तीले बुधबार सदनमा मुख्यमन्त्री चौधरी भारत जाने भएपछि अर्थमन्त्री मास्कीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077